Wednesday, May 13, 2020

दार्चुलामा शसस्त्र प्रहरीको बि ओ पि स्थापना


कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना


हरिश जोशी

३१ वैशाख, बझाङ  । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

भारतले भूमि अतिक्रमण गरी सडक बनाएपछि नेपालमा आक्रोश बढेसङै त्यस क्षेत्र नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।
बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो ।

आज ‘जम्मा २५ जनालाई अहिले बीओपीमा राखेको श्रोतले जनाएको छ ।

विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छ ।

कविता : माटोको बिन्ती माया सिंह निर्भिक

माटोको बिन्ती

केही थान सिमानाका पिल्लरहरुले
चित्कारका आवाज बोकेका छन
हृदयका भाव बोकेका छन
देशका काध बोकेका छन
सत्ताको मातमा मात्तिएर
आज तिनै काधहरुमाथी
ढुङ्गा र मुढा बर्साए पनि
उनी तिमिलाइ छोड्नै चाहदैनन् ,
भन्छन एकपटक मेरो निम्ति बोलिदेउ
केवल मेरो निम्ति बोलिदेउ!!!

अहं अझै कोहि बोलेनन
त्यत्रो बिन्ती गर्दा पनि
यो देशमा अन्याय बोलेन
न्याय पनि बोलेन बस्ति बोलेन
सरकार पनि बोलेन
टाठो बोलेन लाटो बोलेन
भनौ बोल्न सक्ने कोहि बोलेन!!

अब बोल्यो भने यो देशको माटो बोल्छ
ढुङ्गा बोल्छ बाटोघाटो बोल्छ
यदि बोल्यो भने बन्जर भुमी बोल्छ
सडकमा बोल्ने लाटो भएको बेला
सदनमा बोल्ने अक्मकिएको बेला
यदि बोल्छ त यो सडक बोल्छ।
यो देशको लागि बोल्छ त चन्द्र सुर्य बोल्छ ।

सिमानाको पिल्लरहरुको एक गुनासो छ
आमाको आँसु बेचेपनी आमाको शरीर नबेचिदेउ
आमाले दूध खुवाएर साढे पल्टिएका हरु
एकपटक आमाको अस्तित्वका निम्ति,
आमाको प्राणको निम्ती,
साढेझै जुध्न तयार भैदेउ
केवल एकपटक मात्र जुध्न तयार भैदेउ।।।।

माया सिंह निर्भिक
शुभकालिका ४ कालिकोट

Tuesday, May 12, 2020

माया सिंह निर्भीकको मर्मस्पर्शी कविता

कविता : मैले नचिनेका बा

मेरा पनि कोहि छन
मेरा पनि कहिँ छन
मैले नचिनेका बा!!
मेरो सपना लाई आफ्नो जिन्दगी सोच्ने
आफ्ना दुखहरु थाती राखेर मेरो खुसी खोज्ने
नेपथ्यको उज्यालोमा सन्तान देख्ने
मेरा पनि कोहि छन,
सोच्छु सुल्पामाथी तम्बाखु राखेर
जिन्दगीका क्षण क्षण र पल पल सम्झाउने
मेरा पनि कोहि छन,
नदेखेका नचिनेका मेरा पनि बा छ्न!
मैले नचिनेका बा!!!!!!

यो धमिलो दृष्टिमा
उज्यालो स्वरुप देख्न चाहने
मेरा पनि कोहि होलान
पिरब्यथा संगालेर
म् हासेको हेर्न चाहने
मेरा पनि कोहि होलान
मेरा पनि कहि होलान
आफू स्वयमलाइ बिर्सिएर
मलाई सधैं जागै राख्ने
मेरा पनि कोहि होलान्
केही पुजनिय, केही आत्मिय,
मेरा पनि कोहि छन,
नदेखेका नचिनेका मेरा पनि बा छ्न!
मैले नचिनेका बा!!!!!!

जमिन ज्युदै टेकेकी मैले
बा हजुरलाइ चिन्न सकिन
चिन्ने भएपछी देख्नै सकिन
मैले चाहेर पनि देख्नै सकिन
तर हर क्षण अनुभव गर्छु
हरसमय अनुभुती गर्छु
र मैले भन्ने गर्छु
भगवान जो सधै देखिदैनन
जो सधै चिनिदैनन
तसर्थ चिनिन मैले मेरा भगवान देखिन
मैले मेरा भगवान मैले मेरा बा देखिन
तर पनि भन्ने गर्छु
केही पुजनिय, केही आत्मिय,
मेरा पनि कोहि छन,
नदेखेका नचिनेका मेरा पनि बा छ्न!
मैले नचिनेका बा!!!!!!
माया सिंह निर्भीक
शुभकालिका ४
कालिकोट

कविता

कविता: मितेरी

बाले भन्नुभएको
छोरा तिमि आखा सङ मितेरी लगाउनु
जो भिज्छ र भिजाउछ पनि ।
उ केवल भिज्दैन मात्र कि
उ भिजाएरै दुखको एक संसार पखाल्छ
उ रुवाएरै एउटा अस्तित्व बचाउछ ।

बुवा मैले आखासङ हैन काडासङ मितेरी लगाउनुछ
थाहा छ उ काडा हो
 उ बिझ्छ र बिझाउछ पनि
जसरी मेरो मन बिझ्छ
सायद यो बिझाइमा एक अस्तित्व हुनुपर्छ ।
हो
मलाई थाहा छ काडा कसैलाई मन पर्दैन
जस्तो म कसैलाई मन पर्दैन
सायद म काडाजस्तै बिझ्छु होला
कसैको जिन्दगीमा कसैको आखामा
 अनि कसैको मुटुमा पनि !!!!!!

के तपाईंलाई थाहा छ ?
उनी गुलाफ भन्दा राम्री छन
खै किन हो किन
म महसुस गर्छु
अचेल उनिलाइ श्वास फेर्न गाह्रो भएको छ
उनका अङ्ग अङ्गको प्रत्याङ प्रत्याङको
उमङ हराएको छ ।
सायद सायद मलाई देखेर होला
किनकि म काडा हु
म बिझ्छु बिझाउछु
बा म एक प्रण गर्छु
चाहे म काडा बनु
या म टाढा बनु ।
म फुललाई बिझाउने छैन
म फुलको सुरक्षाको निम्ति नजिक आएको हु।
 म टाढा जाउला
पर्दैन भो  मलाई फुलको शितलता
 म टाढा जाउला ... त्यो सुर्य नजिक
जलौला खरानी बनुला अस्तित्व सकियो भनौला!!!!!!!:
हरिश कान्छो
जयपृथ्वी न पा ४ बझाङ

Monday, May 11, 2020

मुक्तक

2077/1/29 मंगलबार
स्वस्थ रहनु ब्यस्त हुनु अरु के भनौं ।
तिमिलाई नपरोस् रुनु अरु के भनौं ।।
सुन्न पाइयोस् तिम्रो खुसी देख्न नपाए नि ,,
धर्ती फोड्नु आकाश छुनु अरु के भनौं ।।
      माया सिंह निर्भीक
   शुभकालिका 4 कालिकोट

मुक्तक


स्वस्थ रहनु ब्यस्त हुनु अरु के भनौं ।
तिमिलाई नपरोस् रुनु अरु के भनौं ।।
सुन्न पाइयोस् तिम्रो खुसी देख्न नपाए नि ,,
धर्ती फोड्नु आकाश छुनु अरु के भनौं ।।
        माया सिंह निर्भीक शुभकालिका 4 कालिकोट

मुक्तक

औंठि लाउनु थियो!घडी लाउनु थियो,
अरुभन्दा पनी थोरै बढी लाउनु थियो,,
उसङ स्वतन्त्र छोड्नु भन्दा पनि मैले
प्रेमको अदालतमा हत्कडी लाउनुथियो,,

माया सिंह निर्भिक
कालिकोट