कविता : मैले नचिनेका बा
मेरा पनि कोहि छन
मेरा पनि कहिँ छन
मैले नचिनेका बा!!
मेरो सपना लाई आफ्नो जिन्दगी सोच्ने
आफ्ना दुखहरु थाती राखेर मेरो खुसी खोज्ने
नेपथ्यको उज्यालोमा सन्तान देख्ने
मेरा पनि कोहि छन,
सोच्छु सुल्पामाथी तम्बाखु राखेर
जिन्दगीका क्षण क्षण र पल पल सम्झाउने
मेरा पनि कोहि छन,
नदेखेका नचिनेका मेरा पनि बा छ्न!
मैले नचिनेका बा!!!!!!
यो धमिलो दृष्टिमा
उज्यालो स्वरुप देख्न चाहने
मेरा पनि कोहि होलान
पिरब्यथा संगालेर
म् हासेको हेर्न चाहने
मेरा पनि कोहि होलान
मेरा पनि कहि होलान
आफू स्वयमलाइ बिर्सिएर
मलाई सधैं जागै राख्ने
मेरा पनि कोहि होलान्
केही पुजनिय, केही आत्मिय,
मेरा पनि कोहि छन,
नदेखेका नचिनेका मेरा पनि बा छ्न!
मैले नचिनेका बा!!!!!!
जमिन ज्युदै टेकेकी मैले
बा हजुरलाइ चिन्न सकिन
चिन्ने भएपछी देख्नै सकिन
मैले चाहेर पनि देख्नै सकिन
तर हर क्षण अनुभव गर्छु
हरसमय अनुभुती गर्छु
र मैले भन्ने गर्छु
भगवान जो सधै देखिदैनन
जो सधै चिनिदैनन
तसर्थ चिनिन मैले मेरा भगवान देखिन
मैले मेरा भगवान मैले मेरा बा देखिन
तर पनि भन्ने गर्छु
केही पुजनिय, केही आत्मिय,
मेरा पनि कोहि छन,
नदेखेका नचिनेका मेरा पनि बा छ्न!
मैले नचिनेका बा!!!!!!
माया सिंह निर्भीक
शुभकालिका ४
कालिकोट

No comments:
Post a Comment